६ श्रावण २०८३, बुधबार | July 22, 2026

तानसेनमा भोली भगवती जात्रा, बुटवलबाट आउन जान ५० प्रतिशत भाडा छुट



बुटवल । बुटवलको जितगढीमा अंग्रेज विरुद्धको लडाई जितेको खुसियालीमा पाल्पाको तानसेनमा मनाईंदै आएको विजयी जात्रा भोली धुमधामकासाथ मनाईँदै छ । भगवती जात्राका नामले प्रख्यात सो जात्रामा पाल्पा र त्यस आसपासका अवलोकनकर्ताहरु जात्रामा सहभागी हुने गर्दछन् ।

नेपालले अंग्रेजलाई जितेको खुसियालीमा हुने भगवती जात्रामा बुटवलबाट तानसेन जाने र फर्कने यात्रुहरुलाई भोली दिनभरी ५० प्रतिशत छुटको ब्यवस्था गरिएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रा लिको बैठकले नेपाल अंग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा तानसेनमा प्रदर्शन गरिने भगवती जात्राका अवसरमा बुटवलबाट तानसेन जाने र फर्कने यात्रुलाई ५० प्रतिशत भाडा छुटदिने निर्णय गरेको हो ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिबाट सञ्चालित यात्रुबहाक बसमा बसपार्कस्थित काउन्टर र अन्य बुकिङ काउन्टरबाट टिकट काटेमा यात्रुले छुट पाउने गरि ब्यवस्था मिलाईएको प्रालीका अध्यक्ष दधिराम खरेलले बताए । । उनले बुटवलदेखि सिधा तानसेन र तानसेनदेखि सिधा बुटवल आउने जाने दुवैतर्फबाट यात्रुहरूका लागि छुटको ब्यवस्था गरिएको बताए ।

सन.१८७१ देखि १८७३ सम्म बुटवलको जीतगढीमा भएको नेपाल अंग्रेज युद्धमा नेपाली सेनाले बहादुरी र चतुराईंपुर्वक प्रतिकार गर्दै ब्रिटिस सेनामाथि विजय हासिल गरेको थियो । सो युद्ध र विजय हासिल गरेको दिनको सम्झनामा तानसेनमा प्रदर्शन गरिने रणउजेश्वरी भगवती रथयात्राको सम्मान स्वरुप बसभाडामा ५० प्रतिशत छुट दिइएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ ।

बसपार्कस्थित काउन्टरबाट टिकट नकाट्ने यात्रुले भने सो सुविधा प्राप्त गर्न नसक्ने बताइएको छ । आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुगोस भन्ने उद्देश्यले सो निर्णय गरिएको अध्यक्ष खरेलले बताए ।

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  १० : ०१ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय