५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नवलपुरमा सवारीसाधन स्क्यानर राखिने



नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने उपकरण (मेसिन) राखिने भएको छ । जिल्ला प्रवेश गर्ने, बाहिरिने गरी दुई नाका र कावासोती गरी तीन स्थानमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेसिन जडान गरिने भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले नारायणगढ–बुटवल सडकखण्डमा हुने दुर्घटना न्यूनीकरण गराउन तथा जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्ने उद्देश्यले जिल्लाका तीन ठाउँमा गाडी स्क्यान मेसिन जडान गर्ने सहमति भएको जानकारी दिए ।

गण्डकी प्रदेशकै भारतसँग सीमानाका जोडिएको एकमात्रै जिल्लाका रुपमा रहेको नवलपुरमा पश्चिमबाट जिल्ला भित्रिने नाका दाउन्ने, पूर्वबाट जिल्ला भित्रिने नाका गैँडाकोटको पुलचोक तथा जिल्ला प्रहरी कार्यालयमा सवारीसाधन स्क्यान गर्ने अत्याधुनिक मेसिन, चेकपोष्ट र सिसी क्यामेरा जडान गर्ने तयारी भएको तिवारीले बताए ।

देशकै सबैभन्दा लामो राजमार्ग पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यभागमा पर्ने जिल्लाका तीनवटै स्थानमा राखिने सवारीसाधन स्क्यान मेसिनले सवारीसाधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि स्वचालितरुपमा स्क्यानिङ गरी अभिलेख राख्ने उनले बताए ।

जिल्लामा जडान हुने स्क्यान मेसिनले जिल्लाको समग्र सुरक्षा व्यवस्था तथा ट्राफिक व्यवस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ । राजमार्गमा सवारीसाधन स्क्यान मेसिन राख्नका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरले यसअघि नै नेपाल सरकारलाई आग्रह गरेको भन्दै जिल्लाका प्रहरी प्रमुख तिवारीले सरकार र सडक आयोजनासँगको परामर्शमा आयोजनाले नै यी उपकरण राखिदिन सहमति जनाएको बताए । सवारीसाधन स्क्यान गर्ने मेसिन, चेकपोष्ट र सिसी क्यामेरा जडानका लागि झण्डै रु छ करोड लाग्ने अनुमान गरिएको उनको भनाइ छ ।

राजमार्गमा जडान गर्न लागिएको स्क्यान मेसिनसहित चेकपोष्ट र सिसी क्यामेरा जडानको सबै खर्च एशियाली विकास बैंक (एडिबी)ले व्यहोर्ने सहमति भएको तिवारीले जानकारी दिए । नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामले पूर्णता पाएसँगै तीनवटै स्थानमा सवारीसाधन स्क्यान मेसिन तथा सिसी क्यामेरा जडानको काम हुनेछ ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  २ : २० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं