काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन । आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । शेर्पाले तीन सय ४२ मत र गुरुङले दुई सय ८८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल,…