काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा पौडेलले कार्यबहाक प्रधानन्यायाधीस हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन् । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेका छ । कार्यक्रममा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री…