२९ कार्तिक २०८३, आइतबार | November 16, 2026

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ । सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ । गत मंगलबार देखी सुरु भएको केन्द्रीय समिति बैठकमा हिजोबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ । हिजोको केन्द्रीय कार्यसमिति बैठकमा आमन्त्रित जिल्ला सभापतिहरुसहित झन्डै चार दर्जन केन्द्रीय नेताहरुले धारणा राखिसकेका थिए…