७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ । सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ ।

गत मंगलबार देखी सुरु भएको केन्द्रीय समिति बैठकमा हिजोबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ । हिजोको केन्द्रीय कार्यसमिति बैठकमा आमन्त्रित जिल्ला सभापतिहरुसहित झन्डै चार दर्जन केन्द्रीय नेताहरुले धारणा राखिसकेका थिए ।

जसअनुसार नैनसिंह महर, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह ९लामा० तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपालीलगायतले आफ्नो धारणा राखिसकेका छन् ।

यस्तै, हिजोको बैठकमा गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु वास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सीना, शान्ति परियार विक, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटाले पनि आफ्नो धारणा राखिसकेका हुन् ।

यस्तै आमन्त्रित प्रदेश सभापतिहरु कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानिया (वागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र बीरबहादुर बलायर (सुदुरपश्चिम प्रदेश) लेसमेत आ-आफ्ना धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

हिजोको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ । आज पनि केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ७ : २८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११