काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् । खेल दिउँसो ४ बजेबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ । यसअघि, प्रतियोगिताको पहिलो संस्करणमा यी दुई…