काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईंको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई बिना सर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ। निर्वाचन आयोगको सुझावअनुसार प्रसाईंलाई सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको बताइएको छ । पार्टीका प्रवक्ता चन्द्रभूषण साहले जारी गरेको विज्ञप्तिमा रातिको समयमा गरिएको पक्राउप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै…