काठमाडौं । आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने ठानिएको छ । महाशाखाका अनुसार राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहनेछ…