बुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले सुकुमबासी समस्या समाधानका लागि एमाले प्रतिबद्ध रहेको बताएका छन् । बुटवल ११ मा आज भएको घरदैलो अभियान कार्यक्रमा बोल्दै उनले अव्यवस्थित, भुमिहीनहरुको समस्या एमालेले मात्र बुझेको भन्दै अब एमालेले अरु पार्टीले जस्तो आश्वासन नदिई हातहातमा लालपुर्जा दिने बताए…