२० बैशाख २०८३, आइतबार | May 3, 2026

कांग्रेस जिल्ला सभापतिहरुको बैठक आज पनि



काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठकले आज पनि बस्दैछ । हिजो देखी सुरु भएको जिल्ला सभापतिहरुको बैठक आज पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । बैठक बिहान ११ बजे देखी सुरु हुनेछ ।

सो बैठकमा ४२ जिल्लाका जिल्ला सभापतिहरुसहित अन्य केन्द्रिय र प्रदेशका प्रतिनिधिहरु सहभागी रहेका छन् ।

गत बिहीबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफनो धारणा राखेका थिए भने बाँकीले आज आफनो धारणा राख्ने बुझिएको छ ।

जिल्ला सभापतिहरूले धारणा सुनेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफ दिने तथा पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ ।

पार्टीको पछिल्लो १४ औं महाधिवेशन पछि पहिलो पटक कांग्रेसले जिल्ला सभापतिहरूसँग बैठक आयोजना गरेको हो । बैठकमा पार्टी सदस्यता, जिल्ला समितिमा देखिएका बिबाद र समस्यालगायत केन्द्रिय समितिलाई सुझाव माग गरिएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ८ : १२ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज