१३ भदौ २०८३, शनिबार | August 30, 2026

दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकपको नकआउट चरणमा



काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत सहआयोजक मेक्सिको नकआउट चरण (राउण्ड अफ ३२) मा प्रवेश गरेको छ । शुक्रबार राति ग्वाडालाजारामा सम्पन्न समूह ‘ए’ को खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै मेक्सिकोले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो ।

मेक्सिकोको जितमा लुइस रोमोले निर्णायक गोल गरे । उनले खेलको ५० औँ मिनेटमा गरेको गोल नै टोलीको जितका लागि पर्याप्त बन्यो ।

घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गरेको मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै दुई खेलबाट ६ अंक जोडेको छ । यससँगै मेक्सिको समूह चरणको एक खेल बाँकी रहँदै नकआउट चरणमा पुग्ने पहिलो टोलीमध्ये एक बनेको छ ।

पराजित दक्षिण कोरियाको भने दुई खेलबाट ३ अंक रहेको छ। अब उसको नकआउट यात्राको सम्भावना अन्तिम खेलको नतिजामा निर्भर रहनेछ ।

यसअघि पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो भने दक्षिण कोरियाले चेक रिपब्लिकमाथि जित हासिल गरेको थियो ।

सन् २०१८ को विश्वकपमा अन्तिम १६ सम्म पुगेको मेक्सिको सन् २०२२ को संस्करणमा भने समूह चरणबाटै बाहिरिएको थियो । यसपटक घरेलु मैदानमा खेलिरहेको मेक्सिकोले पुनः नकआउट चरणमा स्थान बनाउँदै उपाधि यात्रालाई बलियो बनाएको छ ।

यस विश्वकपमा प्रत्येक समूहबाट शीर्ष दुई टोली तथा तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोली गरी कुल ३२ टोली नकआउट चरणमा प्रवेश गर्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ६ : १५ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ