१३ भदौ २०८३, शनिबार | August 30, 2026

स्कटल्याण्डलाई हराउँदै मोरक्को समूह ‘सी’ को शीर्षस्थानमा



काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘सी’ मा मोरक्कोले पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा सम्पन्न खेलमा स्कटल्याण्डलाई १-० गोलले पराजित गर्दै मोरक्कोले महत्वपूर्ण तीन अंक हासिल गरेको हो ।

मोरक्कोको जितमा इस्माइल साईबारी नायक बने। उनले खेलको दोस्रो मिनेटमै गरेको गोल नै निर्णायक साबित भयो । सुरुआती अग्रता लिएपछि मोरक्कोले खेलभर रक्षात्मक अनुशासन कायम राख्दै स्कटल्याण्डलाई बराबरी गर्ने अवसर दिएन ।

यस जितसँगै मोरक्कोले दुई खेलबाट चार अंक जोड्दै समूह ‘सी’ को शीर्षस्थानमा उक्लिएको छ । पहिलो खेलमा मोरक्कोले ब्राजिलसँग १-१ को बराबरी खेलेको थियो ।

यता, पहिलो खेलमा हाइटीलाई पराजित गरेको स्कटल्याण्ड भने दोस्रो खेलमा हार बेहोर्दै तीन अंकमै सीमित भएको छ । यसले समूहको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

समूह ‘सी’ अन्तर्गत अब ब्राजिल र हाइटीबीचको खेल शनिबार बिहान हुने तालिका छ । उक्त खेलको नतिजाले समूहको शीर्ष स्थान र नकआउट चरणको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

मोरक्कोले भने यो जितसँगै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ६ : १८ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ