२७ भदौ २०८३, शनिबार | September 12, 2026

सुकुम्वासी बस्ती हटाउने निर्णयप्रति एम्नेस्टीको आपत्ति, ‘जबरजस्ती निष्कासन रोक्न’ आग्रह

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले काठमाडौंका अव्यवस्थित बस्तीबाट सयौँ परिवारलाई हटाउने सरकारी योजनाप्रति गम्भीर मानवअधिकार चिन्ता व्यक्त गरेको छ। संगठनले जबरजस्ती निष्कासनको तयारीले पहिले नै सीमान्तकृत समुदायलाई थप जोखिममा पार्ने चेतावनी दिएको छ। शुक्रबार जारी विज्ञप्तिमा एम्नेस्टीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सुरक्षा निकायलाई अव्यवस्थित बस्ती खाली गराउन दिएको निर्देशनप्रति गहिरो चिन्ता जनाएको हो। संगठनका अनुसार…