काठमाडौं । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागमा हुस्सु/कुहिरो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । आज दिनभर नै तराईका धेरै भू-भागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने भन्दै महाशाखाले दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा असर…