१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आजको मौसम : कोशी र बाग्मती प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षाको सम्भावना



काठमाडौं । कोशी, मधेस र बाग्मती प्रदेशमा आज बिहान सामान्यदेखि पूर्ण बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र बाग्मती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागहरूका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

विभागले आज राति देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ६ : २० बजे

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण