काठमाडाैं । काठमाडौंमा जारी छैठौं संस्करणको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध नेपालले अग्रता लिएको छ । पहिलो हाफको खेल सकिनै लाग्दा रश्मीकुमारी घिसिङले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । उनले प्रीतिलाईको पासमा गोल गरेकी थिइन् । मुख्य स्ट्राइकर सावित्रा भण्डारी बिनै मैदान उत्रिएको नेपालले पहिलो हाफमा भारतमाथि पूर्ण रुपमा दाबब बनाएको थियो ।…