२२ माघ २०८२, बिहिबार | February 5, 2026

बागलुङमा चुनावी तालमेल, दलहरु आ-आफ्नै डम्फु बजाउँदै

बागलुङ । सिट बाँडफाँटमा बागलुङ–१ नछाड्ने राष्ट्रिय जनमोर्चाको अडानले जिल्ला तहमा गठबन्धन कसरी अघि बढ्ला भन्ने चासो थपिदिएको छ । गठबन्धनको सबैभन्दा सानो दल जनमोर्चाले त्यहाँको उम्मेदवारमा अध्यक्ष चित्रबहादुर केसीलाई अघि सारेको छ । बागलुङ केसीको गृहजिल्ला हो । सङ्घतर्फ बागलुङ–१ सँगै प्यूठानमा जनमोर्चाको दाबी छ । प्रदेशमा पनि बागलुङको एउटा सिट आफूले पाउनुपर्ने उसको…