१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

मुगु हिमपहिरो अपडेट : जुम्लाका तीन जनाको मृत्यु



जुम्ला । मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी-२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए ।

यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उहाँले बताए । अन्य सामान्य घाइते भएका छन् । दुई जना सकुशल रहेको खबर प्राप्त भएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । उनीहरुको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले जानकारी दिए ।

शनिबार दिउँसो खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के-कसरी घटना भयो ? हिउँपहिराका कारण हो कि अन्य कारण हो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले अगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन् । बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : ५५ बजे

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा