काठमाडौं । संक्रमणकालीन न्याय निरूपण (टीआरसी)सम्बन्धी विधेयकमा सहमति जुटाउन सभामुख देवराज घिमिरेले आज पनि पहल गरेका छन् । घिमिरेको पहलमा सभामुख निवास बालुवाटारमा तीन ठूला दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु सहभागी छन् । सत्तारुढ दलहरुले…