३१ असार २०८३, बुधबार | July 15, 2026

ताइवानलाई ‘हवाई नाकाबन्दी’ गर्न चीनको युद्ध अभ्यास



काठमाडौं । चीन र ताइवानको बिचको द्धन्द चरम अवस्थामा पुगेको छ । ताइवानको सिमा नजिक युद्ध अभ्यास सुरु गरेको चीनले ताइवान माथी ‘हवाई नाकाबन्दी’को लगाउने प्रयास स्वरुप नयाँ युद्ध अभ्यास गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार चीनले सोमबार युद्ध अभ्यासको क्रममा अप्रत्यक्ष रुपमा ताइवानको घेराबन्दीसमेत गरेको छ । सो क्रममा दर्जनौ लडाकु बिमानलाई ताइवानको हवाई क्षेत्रलाई बन्द गर्ने गरी अभ्यास गरेको जनाईएको छ ।

ताइवानकी राष्ट्रपति साई इंग वेनले अमेरिकाका प्रतिनिधिसभाका सभाका सभामुख केविन मैक्कार्थीलाई भेट गरे पछि आक्रोशित चीनले ‘हवाई नाकाबन्दी’को अभ्यास गरेको हो ।

चिनले जारी गरेको एउटा जानकारीमा भनिएको छ कि ‘गोला बारुदले भरिएको बिमान ताइवान माथी हमला गर्नका लागि अभ्यास गरिएको हो ।’ यो युद्ध अभ्यासमा चीनले शेडोंग बिमानबाहक युद्धपोत पनि समावेश गरिएको थियो छ ।

चिनका इस्टर्न थिएटर कमाण्डका अनुसार गोला बारुदले भरिएका दर्जनौं एच-सिक्स के लडाकु बिमान ताइवान माथी हमला गर्नका लागि अभ्यासमा ल्याईएको हो ।

चिनले ताइवानलाई धम्काएको यो पहिलो घटना भने होइन, यस्तो धम्काउने कार्य चीनले बेला बेलामा गर्दै आएको छ । जो अहिले सिमा क्षेत्रमा युद्ध अभ्यास गरेर फेरी सुरु गरेको हो ।

उता, सो युद्ध अभ्यासलाई लिएर ताइवानको रक्षा मन्त्रालयले हिन्द-प्रशान्त क्षेत्रमा चीनले शान्ति र स्थिरताको गम्भिर उलङघन गरिरहेको जनाएको छ । ताइवानले अन्य देशलाई यो पनि आग्रह गरेको छ कि चीनको यो अन्तर्राष्ट्रिय सिमामा गरेको युद्ध अभ्यास बिरुद्ध आफनो धारणा बाहिर ल्याउन जरुरी छ ।

 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ७ : ४३ बजे

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा