काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयन पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो । मनोनयन पत्र पठाउनुअघि पार्टीका सम्बन्धित निकायबाट नाम प्रस्ताव हुनेछ ।…