२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

रुस्दीमाथि हमलाः२० सेकेन्डमा १५ पटकसम्म छुरा प्रहार



एजेन्सी । शुक्रबार साँझ अमेरिकाको न्युयोर्क राज्यमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि गर्धनमा १० देखि १५ पटक छुरा प्रहार भएको जनाइएको छ । उनलाई २० सेकेन्डमा १० देखि १५ पटक छुरा प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

शहरबाट करिब १०० किलोमिटर टाढा चौताउवा इन्स्टिच्युसनमा आयोजित कार्यक्रमको मञ्चमा एक आक्रमणकारी पुगेर उनलाई छुरा प्रहार गरेको कार्यक्रमका दर्शकसमेत रहेका रब्बी चाल्र्स सेभेनोरले बताए ।

२० सेकेन्डभित्र १० देखि १५ पटक छुरा प्रहार भएको उनले बताए । आक्रमणपछि उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । रुस्दीको अवस्था गम्भीर रहेको न्युयोर्क राज्यकी गभर्नर क्याथी होचुलले बताइन् । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए । उनको कृति ’द सैटानिक भर्सेस’ विवादमा छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ७ : १९ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला