काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका लागि विभिन्न ९ वटा कार्यसूची तय भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘तथ्यांक विधेयक, २०७८ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । देउवाले नै ‘तथ्यांक विधेयक, २०७८’ का विषयमा प्राप्त संशोधनलाई निर्णयार्थ सदनमा…