काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गरेका छन् । सोमबार प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुगेका राष्ट्रपति पौडेलले हनुमानढोका दरबार सङ्ग्राहलयलगायत क्षेत्रको अवलोकन गरेका हुन् । राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका…