काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबीचको व्यापार घाटा कम गर्ने वातावरण बनाइदिन चिनियाँ वरिष्ठ नेतासँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चाङ्सुसँगको भेटवार्तामा अध्यक्ष प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।…