काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना मागहरूलाई दोहोर्याउँदै आजको प्रतिनिधिसभा बैठक पनि बहिष्कार गरेको छ। बैठक सुरु भएलगत्तै सभामुख देवाराज घिमिरेले दुवै पार्टीले सदनलाई असहयोग गरेको टिप्पणी गर्दै रास्वपाका असिम शाह र राप्रपाका ध्रुव प्रधानलाई बोल्न समय दिएका थिए । दुवै पार्टीका सांसदहरूले पुराना मागहरू अझै सम्बोधन नभएको भन्दै…