२८ माघ २०८२, बुधबार | February 11, 2026

कुकुरको आतंकः तीन महिनामा ८९ घाइते

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सार्वजनिक कुकुरको आतंक फैलिएको छ । गत वैशाखदेखि हालसम्म कुकुरको टोकाइबाट ८९ जना घाइते भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार यस अवधिमा ४४ महिला र ४५ पुरुष घाइते भएका हुन् । गम्भीर घाइते ६ जनालाई काठमाडौं रेफर गरिएको ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्कका वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए ।…