काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। आफ्नै निवास धुम्बाराहीमा अहिले बिहान बोलाइएको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । यसअघि हिजोमात्र शेखर कोइराला पक्षले भेला गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको निस्कर्ष निकालेको थियो । सो भेलाले गठबन्धनलाई निरन्तरता दिन नसकेकोमा सभापति देउवाको आलोचना गरेको थियो ।…