२ मंसिर २०८३, बुधबार | November 18, 2026

अधिकारकर्मी रुबी खान सहितको अभियन्ताहरु धर्नास्थल नजिकैबाट पक्राउ

काठमाडौं । बाँकेकी निर्मला कुर्मी र नन्कुनी धोबीका लागि न्यायको माग गर्दै विगत २६ दिन देखि धर्ना सहित आन्दोलनरत अधिकारकर्मी रूबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार माइतीघरबाट र्‍यालीसहित अगाडि बढिरहेको बेला खानसहितका अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो। अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला प्रहरीले पक्राउ गरेको हो…