काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बैठकमा केन्द्रीय समितिको पदाधिकारी, स्थायी समितिको गठन गर्नुपर्ने माग उठेको छ । आईतवार बसेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरुले आफ्ना भनाइ राखेका हुन् । सोमवारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा केन्द्रीय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग…