काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद असोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा प्रतिनिधि सभामा बोल्दै सांसद राईले प्रधानमन्त्री प्रचण्डका कुरा मननीय भएको बताउँदै त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताए । ‘प्रधानमन्त्रीका प्रतिबद्धता मननीय छन्, त्यसकारण हाम्रो पार्टी संसदीय दलले…