३ भदौ २०८३, बुधबार | August 20, 2026

पृथ्वी जयन्ती र एकता दिवस कुनै पार्टीको मात्र होइन : राजेन्द्र लिङ्देन



काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै एक पार्टीको मात्र नभएको बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएकोप्रति धन्यवाद दिए ।

उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कुनै पार्टीको मात्र नभएर सिंगो देशकै भएको बताए । ‘पृथ्वी नारायण शाह थिए र त नेपाल छ । नेपाल छ र त प्रचण्ड प्रधानमन्त्री बन्न पाउनु भएको छ,’ उनले भने, ‘राष्ट्रनिर्माताको जन्म जयन्ती मनाउन कसै हिच्किचाउनु पर्दैन । सरकारले बिदा दिएको छ, धन्यवाद दिन चहान्छु ।’

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वास मतको प्रस्तावप्रति आफ्नो पार्टीको समर्थन रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  २ : ५३ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने