७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

मधेस प्रदेश : मुख्यमन्त्रीका लागि आजै दाबी पेश गर्ने तयारी



जनकपुर । सत्ता गठबन्धनले मधेस प्रदेश सरकार गठनका लागि आजै दाबी पेस गर्ने तयारी गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशप्रमुख रामबाबु यादवले सत्ता गठबन्धनले आज अपराह्न ४ बजेसम्म जसपा संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा समर्थन गर्दै सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेको जानकारी दिए ।

उनले आजै दाबी पेस गर्ने गरी सत्ता गठबन्धनका दलहरुले आन्तरिक तयारी गरेको र सोहीअनुसार प्रदेश प्रमुखसमक्ष समय मागसमेत भइसकेको बताए । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले यही पुस २८ गते अपराह्न ४ बजेसम्म सरकार गठनका लागि आह्वान गरे पनि सत्ता गठबन्धनले दुई दिनअघि नै दाबी पेस गर्ने तयारी गरेको हो ।

केन्द्रीय सत्ता समीकरणमा रहेका दलहरुबीच मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएअनुसार पहिलो आधा कार्यकालका लागि जसपा नेतृत्वमा सरकार बन्न लागेको हो ।

मधेस प्रदेशसभामा १६ सदस्यसहित तेस्रो पार्टीका रुपमा रहेको जसपालाई नेकपा एमाले (२३), जनमत पार्टी (१३), माओवादी केन्द्र (आठ), राप्रपा र नागरिक उन्मुक्ति पार्टी (एक/एक) सहितका ६० प्रदेशसभा सदस्यको समर्थन रहने र यो सङ्ख्या बढ्न पनि सक्ने जनाइएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  २ : २६ बजे

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

तनहुँ । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदैँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत

आजको मौसम : कोशी, मधेश र लुम्बिनीमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ