बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बिहान ढुङ्गा सहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । पहिरो झरेपछि राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्गजा, बागलुङ्ग जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा नै रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय…