काठमाडौं । आज बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १ र बाग्मतीका पहाडी भू-भाग लगायत गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा र बाँकी भु-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको…