काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज बिहान भएको भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, संस्कृति, आर्थिक–सामाजिक अवस्थालगायत विषयमा चर्चा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । घेदुङले यही माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौंमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी…