बुटवल । बाढीले सडकको डाइभर्सन बगाउँदा दुई दिनदेखि अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि सडक पुनः यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । रातभरि…