रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरक्षेत्रमा साउन ३१ गते राति १२ बजेदेखि भर्दौ ५ गते राति १२ बजेसम्म लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिन थालेपछि सिद्धार्थनगर नगरपालिकाले नगरक्षेत्रमा लकडाउनको घोषणा गरेको हो । कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै नगरपालिकाले लकडाउनको आदेश अनिवार्य पालना गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न अनुरोध…