८ बैशाख २०८१, शनिबार | April 20, 2024

लागूऔषधसहित सुर्खेतबाट एक जना पक्राउ



सुर्खेत । लागूऔषधसहित सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दैलेखको दुल्लु नगरपालिका-१ सातखम्बका २० वर्षीया दिनेश शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । हाल उनी वीरेन्द्रनगर नगरपालिका-३ मुसुरीखेत बस्दै आएका थिए ।

प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयको सादा पोसाकमा खटिएको प्रहरी टोलीले शाहीलाई शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीकाअनुसार उनलाई सोधपुछ गरेर शरीर खानतलासी गर्दा उनको साथबाट ८ ग्राम ७८० मिलिग्राम र शुद्ध ६ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ७ : ३७ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन