८ बैशाख २०८१, शनिबार | April 20, 2024

असार १५ मनाउन जङ्गली च्याउ खाँदा बुटवल नयागाँउका ६ जना सिकिस्त बिरामी



बुटवल । बुटवल उपमहानगरको १२ नम्बर वार्डको नयाँगाँउमा जंगली च्याउ खाँदा ६ जना सिकिस्त बिरामी भएका छन् । असार १५ मनाउन जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएपछि उनीहरु सिकिस्त बिरामी भएको प्रहरीले जनाएको छ ।

बिरामी हुनेमा बुटवल उपमहानगरपालिका– १२ नयाँगाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुम बहादुर बिक रहेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुधबार जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरु बिरामी परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । बिरामी परेका सबै बेहोस् भएको र अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १० : ५९ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले