२ माघ २०८२, शुक्रबार | January 17, 2026

आँबुखैरेनी-मुग्लिन सडक राति पनि सञ्चालन

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्डमा रातिको समयमा पनि एकतर्फी सञ्चालन भएको छ । आँबुखैरेनी गाउँपालिका-४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो। गएरातिदेखि भने अवरोध हटाएर नियमित सञ्चालनमा आएको हो । रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले…