काठमाडौं । राहदानी विभागले ई-पासपोर्टको अनलाइन आवेदन आज बिहान ११ बजेदेखि खुल्ने भएको छ । राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा आज देखि भने बिहान ११ बजेबाट नै खुलाउन लागेको हो । विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाको प्रि-इनरोलमेन्ट खुलाउँदै आएकोमा…