भरतपुर । चितवनको भरतपुर महानगरपालिका-२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सोमबार दिउँसो ४ बजे नारायणगढ-मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर तल खस्दा चालकसहित १८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेजमा…