बुटवल । रुपन्देहीको गैडहवा गाउपालिका–२ मा दुई वटा मोटरसाइकल ठोक्किँदा दुबै मोटरसाईकलका चालकको मृत्यु भएको छ । लु ५ प ९७३२ नम्बरको मोटरसाइकल र लु ७६ प ३३७२ नम्बरको मोटरसाईकल सोमबार राती एकआपसमा ठोक्किएको थियो । दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो ।…