१५ पुस २०८२, मंगलबार | December 30, 2025

‘कुलिङ पिरियड’ हटाउने एमालेको प्रस्तावप्रति कांग्रेस नेताहरूको आपत्ति

काठमाडौं । निजामती सेवासम्बन्धी विधेयकमा उल्लेख भएको दुई वर्षे ‘कुलिङ पिरियड’को प्रावधान हटाउने नेकपा (एमाले)का सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावप्रति नेपाली कांग्रेस नेताहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। शुक्रबार बूढानीलकण्ठमा बसेको कांग्रेस नेताहरूको बैठकमा सो विषयमा व्यापक छलफल भएको हो। बैठकमा नेताहरूले एमालेसँग भएको पूर्वसहमतिको विपरीत संशोधन प्रस्ताव दर्ता गरिएको भन्दै आपत्ति जनाएका हुन्। नेताहरूले सहमतिको…