२२ कार्तिक २०८३, आइतबार | November 9, 2026

एक सय ६५ युवा सांसदले लिए शपथ



काठमाडौं । देशभरका १६५ युवा सांसदले शपथ लिएका छन् । राष्ट्रिय युवा सांसदको आयोजनामा यहाँ सम्पन्न राष्ट्रिय युवा सांसद शपथ ग्रहण समारोहमा बिहीबार देशका विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधित्व गर्ने युवा सांसदहरूलाई ग्लोबल एफ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले पद तथा गोपनीयताको शपथ गराएका हुन ।

त्यस अवसरमा प्रमुख अतिथि कुलमान घिसिङले बत्तीको उज्यालोले मात्रै देश समृद्धि नहुने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा पूर्वाधार, कृषिलगायतका क्षेत्रमा पनि उज्यालो आवश्यक भएकामा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले कुर्सीका लागि नभई राष्ट्र निर्माणका लागि सम्झौता गर्नुपर्नेमा जोड दिए । सांसदहरू देश बनाउनका लागि क्रियाशील रहनुपर्ने उनको भनाइ थियो ।

क्याप्टेन विजय लामाले कुनै पनि पद वा बर्दी नक्कली हुन नसक्ने उल्लेख गदै पद र बर्दी ओगट्ने व्यक्तिहरू नक्कली हुँदा देश र जनताले दुःख पाएको धारणा व्यक्त गरे ।

कार्यक्रममा नवनिर्वाचित युवा सांसदहरूलाई ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल, सांसद छनोट प्रक्रियाका निर्णायक बुद्धिसागर मरासिनी र सञ्चारकर्मी राजन कुइँकेलले प्रमाणपत्र तथा ब्याच वितरण गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा पूर्वराजदूत महेशराज दाहाल र अधिवक्ता रामहरि नेपालले नवनिर्वाचित युवा सांसदहरूलाई कानुन निर्माण प्रक्रिया र संसदीय अभ्यासबारे प्रशिक्षण दिए ।

त्यस अवसरमा नागरिक समूहका अध्यक्ष निगम हुमागाई, नेपाल–चीन मामलाका जानकार दिनेश खनाल, समाजसेवी विष्णुहरि दाहाल, युवा अभियन्ता विजय कँडेललगायतको उपस्थिति थियो ।

युवा सांसद छनोटका लागि देशभरका १६५ निर्वाचन क्षेत्रका लागि अनलाइनमार्फत खुला आवेदन आह्वान गरिएको थियो । जसमध्ये प्राप्त सात हजारभन्दा बढी आवेदनबाट उनीहरूको अध्ययन, समाजप्रतिको योगदान तथा कामको अनुभवका आधारमा प्रत्येक निर्वाचन क्षेत्रका लागि अन्तिम तीन उम्मेदवार चयन गरेको थियो । तीमध्ये एकजना असार १५ गते भएको अनलाइन भोटिङबाट निर्वाचित भएका हुन् ।

सांसद छनोट समितिमा पूर्वराजदूत महेशराज दाहाल, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, पत्रकार बुद्धिसागर मरासिनी, अधिवक्ता रमण कर्ण, समाजसेवी विन्दु परियार थापा, अर्थविद् नवराज अर्याल र ग्लोबल युथ पार्लियामेन्टका उपाध्यक्ष कैलाश श्रेष्ठ थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ११ : ०७ बजे

लक्ष्मीपूजाको दिन एक हजार ८१३ मेगावाट विद्युत् माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको

नेपालगन्जको बिजुली पसलमा आगलागी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित एक बिजुली पसलमा आगलागी भएको

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको

सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

गुल्मी । बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै

घोप्टेभिरको पहिरो पन्छाएर पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो