२७ बैशाख २०८३, आइतबार | May 10, 2026

भारतीय दूतावासभित्र गोली चल्यो, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ । गोली प्रहारबाट दूतावास सुरक्षामा खटिएका एक भारतीय सुरक्षाकर्मीको ज्यान गएको छ । गोली एसएलआर राइफलबाट चलेको बताइएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।