१५ बैशाख २०८१, शनिबार | April 27, 2024

आज भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा



काठमाडौं । आज भक्तपुरमा आज राँगो दौडाउने जात्रा हुँदैछ । यहाँको दशैँको सबैभन्दा आकर्षक मानिने खमेय जात्रा अर्थात् राँगो दौडाउने जात्रा आज महानवमीका दिन हुँदैछ ।

जात्रालाई व्यवस्थित गर्न स्वयमसेवक परिचालन गरिने भएको छ । हिजो सोमबार भक्तपुर नगरपालिका-९ को कार्यालयमा बसेको सरोकारवालासँगको भेलाले जात्रालाई थप व्यवस्थित बनाउन स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको थियो ।

भक्तपुरमा महानवमीका दिन जात्राको प्रचलन रहिआएको छ । जात्राको क्रममा भक्तपुर नगरपालिका वडा नं ९ स्थित नवदुर्गा द्योछें (देवता घर) मा पालेर राखेको बडेमानको खम्ये अर्थात् राँगोलाई दौडाउने गरिन्छ । दौडाउनुअघि रक्सी खुवाएर राँगोलाई मताउने गरिन्छ । अनि सयौं बलिया युवाहरूले राँगोलाई लखेट्दै दौडाएर जात्रा मनाइन्छ ।

जात्रामा भीड हुने र मातेको राँगो अनियन्त्रित भएर दुर्घटना हुन सक्ने भएकाले साथै उच्छृंखल गतिविधि हुन नदिनका लागि जात्रालाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको बताइन्छ ।

 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : ११ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको