२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

अदालत अवहेलना मुद्दामा सर्वोच्चले माग्यो मेयर बालेनसँग ७ दिनभित्र लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दामाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बाटाको म्यादबाहेक सात दिन भित्र आफैं वा आफ्ना प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको…